ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सवै भन्दा धेरै कोरोना संक्रमण भएको देशमा नेपाल ४९ स्थानमा, सार्कमा चौथो स्थान
सार्कमा सवै भन्दा थोरै भुटानमा २ सय ७३ जनामा कोरोना, मृतकको सङ्ख्या शून्य

तीन दिन अगाडी धेरै संक्रमण भएको देशको सुचिमा ५१ स्थानमा रहेको नेपाल ३ दिन पछि अर्थात सोमबार ४९ औं स्थानमा पुगेको छ ।

लकडाउन र निषेधाज्ञा खुल्लागरेसंगै नेपालमा कोरोना संरमितको सङ्ख्या दिन प्रतिदिन बृदी भइरहेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार भन्दा धेरै कोरोना संक्रमित भए स्वास्थ्य पुन लकडाउन लगाउन सरकारलाई सिफारिस गरिरहदाँ कोरोना संक्रमण बढि भएको देशको सुचिमा नेपाल अगाडी आउन थालेको छ । तीन दिन अगाडी धेरै संक्रमण भएको देशको सुचिमा ५१ स्थानमा रहेको नेपाल ३ दिन पछि अर्थात सोमबार ४९ औं स्थानमा पुगेको छ ।

सोमबार दिउसोसम्म नेपालमा ७३ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त  हुदाँ १९ हजार २ सय ३५ संक्रिय संक्रमित छन् । नेपालमा हालसम्म ४ सय ७७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वमा संक्रमित सङ्ख्या सवै भन्दा धेरै रहेको मुलुकमा अमेरीका पिहिलो नम्वरमा छ । अमेरिकामका संक्रमितको संख्या सोमबार दिउँसोसम्म ७३ लाख २१ हजार ३ सय ४३ पुगेको छ जस्मा मृत्यु हुनेको संख्या २ लाख ९ हजार ४ सय ५३  छ ।

अमेरीका पछि  भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या ६० लाख ७४ हजार ७ सय २ पुगेको छ भने मृतकको संख्या ९५ हजार ५ सय ७४ पुगेको छ ।भारत विश्वमा दोस्रो र सार्कमा सवै भन्दा बढि संक्रमण भएको मुलुकको सूचिको पहिलो नम्वरमा छ ।

अमेरिका र भारत पछि सवै भन्दा धेरै संक्रमित हुने देशमा ब्राजील छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४७ लाख ३२ हजार ३ सय ९ पुगेको छ भने मृतकको संख्या १ लाख ४१ हजार ७ सय ७६ रहेको छ ।

चौथो स्थानमा रहेको रसियमा ११ लाख ५९ हजार ५ सय ७३ संक्रमित हुदाँ २० हजार ३ सय ८५ जनाको मृत्यु भएको छ ।  पाचौंमा ८ लाख १३ हजार ५६ जनालाई कोरोना पुष्टि हुदाँ २५ हजार ४ सय ८८ जनाको मृत्यु भएको छ ।

यता सार्क राष्ट्रमा समेत कोरोनाको प्रकोफ आड्दो छ । भारत विश्वको दोस्रो नम्वरमा हुदाँ पाकिस्तान सूचिको १९ औं स्थानमा छ ।

सार्क राष्ट्रमा कोरोना कुन देशमा कति संक्रमित, कतिको मृत्यु

विश्वमा दोस्रो र सार्कमा सवै भन्दा बढि संक्रमण भएको मुलुकको सूचिको पहिलो नम्वरमा रहेको भारतमा संक्रमितको संख्या ६० लाख ७४ हजार ७ सय २ पुगेको छ भने मृतकको संख्या ९५ हजार ५ सय ७४ पुगेको छ ।

सार्कमा दोस्रो स्थानमा रहेको पाकिस्तान विश्वमा बढि संक्रमित हुने देशको सुचिमा १९ औं स्थानमा छ । पाकिस्तान ३ लाख १० हजार ८ सय ४१ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।

भारत, पाकिस्तान पछि  बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीमा सार्कमा तेस्रो र विश्वमा १५ औं स्थानमा रहेको छ । बंगलादेशमा ३ लाख ५९हजार १ सय ४८ जनालाई कोरोना संक्रमण भएको छ भने ५ हजार १ सय ६१ जनाको मृत्यु भएको छ ।

सार्कमा चौथो स्थानमा रहेको नेपाल कोरोना संक्रमण धेरै हुनेको सूचिमा  ४९ औं स्थानमा छ । नेपालमा हाल संक्रमितको संख्या ६० लाख ७४ हजार ७ सय २ पुगेको छ भने मृतकको संख्या ९५ हजार ५ सय ७४ पुगेको छ ।

नेपाल पछि अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ६६ औं स्थानमा रहेको छ । फ्गानिस्तानमा  ३९ हजार २ सय ३३ जनालाई कोरोना संक्रमण भएको छ भने १४ सय ५५ जनाको मृत्यु भएको छ ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको ९९ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या १० हजार ९८ रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार ८ सय ४७ पुगेको छ ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको १३९ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ३ हजार ३ सय ६० जनालाई कोरोना संक्रमण भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

सार्को राष्ट्रमा सवै भन्दा कम संक्रमित रहेको भुटान विश्वमा १ सय ८९ औं स्थानमा छ । भुटानमा २ सय ७३ जनालाई कोरोना देखिएको छ । भने मृत्यु हुनेको सङ्ख्या शुन्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *