सरकारले घरभित्रै बस्न आग्रह गरेको समयमा परिक्षा सञ्चालन गर्न खोजेको भन्दै कक्षा ११ का विद्यार्थी धर्नामा

कोरोना महामारीका विच परिक्षाको तालिका सार्वजनीक गरेको भन्दै विराटनगर महानगरपालिका अगाडी कक्षा ११ का विद्यार्थीले धर्ना दिएका छन् ।
सरकारले काठमाडौं, विराटनगर लगायतका क्षेत्रमा कोरोना संक्रमण बढिरहेको र विभडभाग नगर्न र सकभर घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको समयमा परिक्षाको तालिका सार्वजनीक गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका हुन ।
एका तिर कोरोना त्रास र अर्को तर्फ तत्काल परिक्षा सञ्चालन गर्ने गरी परिक्षाको मिति तोकिदा आफुहरु मनोबेज्ञानीक रुपमा परिक्षामा सहभागि हुन नसक्ने विद्यार्थीको भनाई छ । उनीहरुले विद्यार्थीको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह गरेका छन् ।
राष्ट्रिय परिक्षाबोर्डले विद्यालयलाई मुल्याङकन गरेर नतीजा पठाउन निर्देशन दिपपछि विराटनगरमा असोज २५ देखि कार्तिक ३ सम्मकालागि परिक्षाको मिति तोकिएको थियो ।
तर विराटनगर महानगरपालिकाले कोरोना संक्रमणलाई ध्यान दिएरमात्र परिक्षा सञ्चालन गर्ने र परिक्षाका लागि सहजिकरणकालागि आग्रह आएको हुदाँ परिक्षाको सहजिकरण गरेको जनाएको छ ।