बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा सुधारको माग गर्दै सिनियर चिकित्सकको उपकुलपती कार्यकक्ष अगाडि धर्ना

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा सुधारको माग गर्दै सिनियर चिकित्सक आन्दोलित भएका छन् । प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, कोरोना माहामारीमा खटिएका चिकित्सकलाई स्वास्थ्य सामग्री दिनुपर्ने, संकटमा पुगेको प्रतिष्ठानको आर्थिक अवस्था सुधार गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्ने र अवरुद्ध भएको बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका १९ बधेमाग राख्दै सिनियर चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन ।
सिनियर चिकित्सकहरुनै आन्दोलनमा उत्रेपछि उपचारमा असर परेको छ । विशुद्ध सेवा प्रवाह केन्द्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै त्तकाल बन्द गर्न माग गरेका छन् । आफ्ना माग संवोधन नगरे आकस्मिक वाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका सिनियर चिकित्सककले उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएका छन् ।