ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले पुन लकडाउन गरे घरपायकबाट परिक्षा गर्ने त्रिविको तयारी

मंसिरमा परिक्षा सञ्चालन गर्न त्रिविले विद्यार्थीको विवरण संकलन गरिरहेको छ । कुन विद्यार्थी कहाँ छ त्यसको तथ्याङ्क दशै अघि सक्ने गरी सवै डिन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

सरकारले सकृय संक्रमित थपिदै गएका कारण लकडाउन गर्ने संकेत गरेपछि त्रिभुवन विश्वविद्यालयले स्थगित रहेको परिक्षा घरपायकबाट गर्ने योजना बनाएको छ । सरकारले अनलाईन तथा वैकल्पिक सिकाइ प्रणालीमा आधारीत परिक्षा सञ्चालन गर्ने प्राथमिकता दिएपनि त्रिवि भने भौतिक उपस्थितिमा नै परिक्षा सञ्चालनको पक्षमा देखिएको छ । विशेष व्यवस्थाका रुपमा त्रिविले घरपायकबाट परिक्षा दिन पाउने व्यवस्था गर्न लागेको त्रिविका रजिष्ट्रार प्रध्यापक डाक्टर पेशल दाहालले जानकारी दिए ।

मंसिरमा परिक्षा सञ्चालन गर्न त्रिविले विद्यार्थीको विवरण संकलन गरिरहेको छ । कुन विद्यार्थी कहाँ छ त्यसको तथ्याङ्क दशै अघि सक्ने गरी सवै डिन कार्यालयलाई निर्देशन दिइसकेको छ । 

चरण चरणमा गरेर परिक्षा सञ्चालन गर्ने तयारीमा रहेको त्रिविले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने जसमा प्राइभेट, एमपीए र राजनीतिशास्त्रका अन्तिम वर्षका विद्यार्थीको संख्या धेरै भएकाले तीनको परिक्षा सञ्चालन गर्ने योजना बनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *