ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तालै तालको माला – घोडाघोडी ताल

जसरी आफ्नै शरिरमा मृगले कस्तुरी बोकेर त्यही कस्तुरी खोज्न चारै तिर भौतारिन्छ । त्यस्तै हामी पनि आफ्नो कस्तुरीको खोजिमा भौतारिदैँ आएका छौं । नेपालका हिमाल, पहाड र तराई तीनै वटा भौगोलिक स्थान पर्यटकिय हव हुन । तर उचित प्रचार प्रसारको अभाव र संवन्नोयको अभावमा स्वर्ग जस्तै स्थानहरु ओझेलमा परेका छन् ।

६ महिनापछि मानिस घर बाहिर निस्कन पाउँदै छ । कोरोना संक्रमण र महामारी र लकडाउनका कारण लामो समयसम्म कोठामा नै थुनिएका  कारण मानिस मानसिक रुपमा समेत तनावमा परेको छ । तेही मानसिक तनाव कम गराउन बाहीर जाने योजनामा हुनुहुन्छ ?  त्यसमाथी दशैं तिहार जस्ता चाडमा घर जादै हुनुहुन्छ भने एक यात्रमा दुई फाइदाका विषय हुन सक्छन् । चाड सँगै घुमघाम पनि ज जस्का लागि सहि गन्तब्य हुन सक्छ घोडाघोडी ताल । तिनै समयको भरपुर सदुपयोग गर्ने स्थान मध्ये तराईको सवै भन्दा ठूलो सिमसार क्षेत्र घोडाघोडीको चर्चा गर्दै छौं ।

एक ताल पछि अर्को त्तकाल आउने ताल,लगातार हातको हत्केलामा १९ वटा औला जस्तो देखिने ताल तालको माला भन्दा उतियुक्तति नहोला । धार्मिक,संस्कृतिक एवम प्राकृतिक रुपमा उत्तिकै महत्वपुण रहेको घोडाघोडी विश्वभरका १ हजार ३ सय १४ वटा रामसार क्षेत्र मध्येको उत्कृष्ठ रामसार हो । स्थानिय प्रजातीका माछा र पुतली पर्यटकका लागि  सवै भन्दा आकर्षको केन्द्र हुन ।

पर्यटकका लागि संघिय राजधानि काठमाडौंबाट सिधा हवाइ मार्ग हुदैँ कैलालीको गेटा विमान स्थलबाट    ५३ किलोमिटर पुर्व घोडाघोडा पुग्न सकिन्छ भने सडक मार्गको प्रयोग गरे उपत्यका हदैँ पूर्व पश्चिम राजमार्गबाट करिव १५- १६ घण्टाको सवारी यात्रमा मार्फत पुग्न सकिन्छ । सडक मार्गको प्रयोग गर्ने हो भने मुङ्गिन नारायणघाट, बुटवल, कपिलबस्तुको हुदैँ  बाके ,बर्दिया राष्ट्रिय निकुञ्जमा बाग, हात्ति गैडाँ,मयुर, बाह्रसिंगेको प्रत्यक्ष दृष्य र कर्णाली नदिको चिसो पानीले स्वर्ग प्रवेशको भान दिन्छ ।

चिसा पानी अर्थात कर्णालीबाट एक ढेड घण्टामा पुग्न सकिने घोडाघोडी सिमसमर क्षेत्रकै नामबाट घोडाघोडी नगरपालीकाको नामाकरण समेत गरिएको छ । नगरपालिका प्रवेससंगै स्थानिय थारु समुदायको संस्कृति र रहनसहन र स्वागत स्तकारले  त्यहा पुग्ने जो कोहीको मन लोभिन्छ ।

थारु समुदायको धार्मिक आस्थासँग जोडिएको घोडाघोडी सिमसार सम्वन्धि किम्बदन्ति पनि उत्तिकै रोचक छ । कुनै समय उक्त क्षेत्रमा ७ थरी थारुहरुको बसोबास रहेको थियो । एक समय यति धेरै पानी पर्योको एकै रातको पानिले उक्त पुरै गाउँ डुव्यो र सधाका लागि तालको रुपमा विकास भयो । गाउँ नै पुरै डुवानमा परेको देखरेर राजाले पहिला घोडा र पछि घोडीलाई उक्त क्षेत्रको अनुगमनका लागि पठाए र तर अनुगमनका क्रममा गएका घोडा र घोडी पुरै गाउँ डुल्नै सकेनन् र विचमा नै उनीहरुको देहान्त भयो । यसरी घोडा घोडिले नै गाँउ परिक्रमा गर्न नसकेपछि राजाले कुनै दैवीशक्ति भएको भन्दै उक्त स्थानमा मन्दिर निर्माण गरिदिए ।

जुन मन्दिर यो समयसम्म पनि थारु समुदायको संझना स्वरुप उक्त स्थानलाई घोडाघोडी भन्न थालियो । त्यस्तै घोडीको रूप धारण गरी भगवान लक्ष्मी तालमा आएको केही समय पछि भगवान विष्णु समेत घोडाको रुप धारण गरी उक्त स्थानमा आएको धार्मिक मान्यता छ । यसरी लक्ष्मी र विष्णु घोडि र घोडाको रुप धारण गरि आएका कारण घोडिघोडा भन्दै आएपनि पछि उक्त स्थानलाई घोडाघोडी भन्न थालिएको मान्यता राखिन्छ । लक्ष्मी र विष्णुको वासस्थानको रुपमा मानिने घोडाघोडीमा माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत लाग्दै आएको छ ।

१सय३८ हेक्टरमा फैलिकएको एउटै ताल, ‌औसत ४ मिटर गहिरो प्रखुख तालको एउटै हत्केलामा १९ ओटा औला आकार एक अलौंकिक संसरचान भित्र पर्छ भने ति संगै जोडिएका अन्य १३ वटा स-सान तालहरुले एउटा पुर्ण मालको स्वरुप प्रदान गरेका छन ।

विश्वका सङ्कटापन्न जलचर, स्थलचरको संरक्षणको केन्द्र बनेको घोडाघोडीमा ४५० प्रजातिका वनस्पति, ३१ प्रजातिका माछा, २२६ प्रजातिका चरा,विभिन्न प्रजातीका बहुमुल्य औषधि र सवै भन्दा महंगो मनिने सतिसाल, साज, खयरको घना जङ्गल अर्को आकर्षण हो ।  भने रातो कमलको फूल घोडाघोडिको आर्षण नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *