ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दर्शकको मन जितेको खेल ‘एकै ओभरमा ५ छक्कादेखि १ सय ८३ रनको साझेदारीसम्म’
पन्जाबलाई हराउदै राजस्थानको किर्तिमानी जित

युएईमा जारी १३ औं संस्करणको आइपिएलमा आइतबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।

किङ्स इलाभेन पन्जाबलाई हराउदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

c

आईपीएलको इतिहास कम क्षतीमा सवै भन्दा ठूलो योगफल जोड्ने क्रममा राजस्थानल् १९ ओभर ३ बलमा ६ विकेट गुमाउदैँ पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य पुरा गर्यो ।

किर्तिमानी जित निकाल्न राजस्थानका जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए । राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स नै जीतका लागि आधार बन्यो । आक्रामक ब्याटिङ गरेका राजस्थानका टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गर्दा १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाए

को थियो । जसमा  मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै  आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बने । कप्तान केएल राहुल ६९ रनको अर्धशतकीइय इनिङ्स खेल्दा मायांक र राहुलले १ सय ८३ रनको फराकिलो साझेदारी खेले पनि जीतकालागि पर्याप्त भएन ।

ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए ।  जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने पन्जाबले २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा खुमिचिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *