रोजगारी सिर्जनामा सघाउन परराष्ट्र मन्त्रीको एनआरएनसँग आग्रह
एनआरएन भन्छ लगानीको वातावरण बनाउ

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका करिब १० लाख नेपाली स्वदेश फर्कन लागेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले ठूलो संख्यामा नेपाली स्वदेश फर्कदा सरकारलाई रोजगारी सृजना गर्नु पर्ने अर्को चुनौती थपिएको उनको भनाई छ ।
तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजारभन्दा बढी नेपालीलाई उद्धार गरिसकिएको बताउदैँ मन्त्री ज्ञवालीले भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएका र तेस्रो मुलुकसहित गरी करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले जानकारी दिए । कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहेको र १० लाख रोजगारी स्वदेशमा नै सृर्जना गर्नु पर्ने उनको भनाई छ ।
नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेको चर्चा गर्दै मन्त्री ज्ञवालीले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गर्न आग्रह गरेका छन् । तर गैरआवासीय नेपाली संघले नेपालमा लगानीको वातावरण नभएका कारण लगानीको बाताबरण मिलाउन आग्रह गरेको छ ।