पहिलो हाफमा ३-०ले पछि परेको चेल्सीले ब्रुमलाई बराबारीमा रोक्यो

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी वेस्ट ब्रुमसँग ३-३ को बरावरीमा रोकिएको छ । ब्रुमले उसैको मैदानमा चेल्सीलाई ३-३ को बराबरीमा रोकेको हो ।
चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे भने वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई र केली बार्टलीले एक गोल गरे । पहिलो हाफमा ३-० को अग्रता लिएको ब्रुमले दोस्रो हाफ समालिन नसक्दा ३-३को बराबरीमा चित्त बुझाउदै अंक बाढ्न पर्यो ।
खेलको चौंथो मिनेटमा रोबिनसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पच्चीसौँ मिनेटमा पुन व्यक्तिगत दोस्रो गोल गर्दै रोबिनसले टिमलाई २-०को अग्रता दिलाए । सत्ताइसौं मिनेटमा केलीले गोल गर्दा पहिलो हाफमै वेस्ट ब्रुम ३-० ले अघि रह्यो ।
पहिलो हाफ ३-० ले पछि परेको चेल्सीले दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो हाफको ५५ औं मिनेटमा माउन्टले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । ७० औं मिनेटमा हुडसनले गोल गर्दै चेल्सीलाई ३-२ र इन्जुरी समयमा अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ । चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २-० ले पराजित भएको थियो ।
वेस्ट ब्रुमको यो पहिलो अंक हो । वेस्ट ब्रुमले ३ खेलमा १ अंक जोडेको छ । वेस्ट ब्रुमले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।