ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इंग्लिस प्रिमियर लिग- ब्राइटनको घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई पाराजित गर्दे म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।
सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई पाराजित गर्दे म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।

ब्राइटनको घरेलु मैदानमा शनिबार भएको खेलमा ब्राइटनलाई  ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो । खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए पनि  ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए । तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेड३-२ को जित दिलाए ।

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ब्राइटनको यो दोस्रो हार हो । ३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *