ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोलकत्ताले पहिलो जित निकाल्दा हैदराबादको लगातार दोस्रो हार

युएईको अबुधाबीमा शनीबार १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा नाइट राइडर्सले पहिलो जित निकालेको हो ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ता नाइट राइडर्सले आईपीएलमा पहिलो जित निकालेको छ ।                                                                                                                           युएईको अबुधाबीमा शनीबार १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा   नाइट राइडर्सले पहिलो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए । तेस्तै रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।

कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *