भारी बर्षाको संभावना

जल तथा मौसम विज्ञान विभागले प्रदेश १ ,२ र गण्डकी प्रदेशका केही स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ । अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को मौसममा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहे पनि उक्त प्रदेशमा भारी बर्षाको संभावना रहेको जनाएको हो ।
प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, २, बागमती, र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।