ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुरका तीन मेयरमा कोरोना पुष्टि

ललितपुर जिल्लाका तीन स्थानिय तहका प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठमा कोरोना पुष्टि भएको हो ।
सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

ललितपुर जिल्लाका तीन स्थानिय तहका प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठमा कोरोना पुष्टि भएको हो ।

असोज ६ गते स्वाब सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाएकोमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उनकी धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तेस्तै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो।स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

उता महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी श्रीमती दुवैमा पुनः दोस्रोपटक कोरोना पोजेटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *