सरकाले बनायो कोभिड परिक्षण सम्बन्धी १२ बुँदे नयाँ मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९)को परीक्षणका नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले ती मापदण्डमा पर्नेहरुको मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।
शुक्रबारको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणका लागि बनाइएको नयाँ मापदण्डका बुँदाहरु पढेर सुनाएका थिए । उनले यी मापदण्डमा पर्नेहरुको मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएका थिए ।
ती मापदण्डमा को को पर्छन् त ? हेरौँ १२ बुँदामा :
१. कोभिड – १९ को लक्षण भएका सबै व्यक्तिहरु : – ज्वरो सुख्खा खोकी, स्वास फेर्न गाह्रो हुने, – स्वाथ गन्ध थाह नहुने, – पखला लागेका व्यक्तिहरु,
२. संक्रमित व्यक्तिहरुको नजिक निकट सम्पर्कमा आएका व्यक्तिहरुको पाँच दिनपछि,
३. अकस्मात स्वासप्रस्वासमा समस्या देखिएका व्यक्तिहरु,
४. विदेशबाट फर्केका व्यक्ति, (जो पाँच देखि ७ दिन क्वारेन्टिनमा बसेका हुन्छन् ।)
५. अग्रपंक्तिमा काम गर्नेहरु,
६. आइसीयूमा राख्नुपर्ने सबै व्यक्तिहरु,
७. दीर्घ रोगी,
८. रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु,
९. ६० बर्ष नाघेका व्यक्तिहरु,
१०.चिकित्सकीय सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरु, ( तर पीसीआर नतिजा नआएकै कारण शल्यक्रिया रोक्न पाइनेछैन् । )
११.चिकित्सकीय सल्लाह अनुसार सिकिस्त विरामीहरुको डिस्चार्ज गर्नका लागि (आफ्नो खर्चमा)
१२. कुटनीतिक नियोग वा भिषा प्रयोजनका लागि,