ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल प्रहरीका एक जना सई मृत फेला

दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।
महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई धु्रव रावल आज बिहान मृत फेला परेका हुन ।
उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए ।
उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । तर डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।
सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *