ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई महिनामा दुई अर्ब बढीको चिनी आयात

चालु आर्थिक वर्षको २ महिनामा भारतबाट करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । जुन २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको हो ।

दुई महिनामा दुई अर्ब बढीको चिनी आयात

नेपालमै प्रस्तत मात्रामा चिनी उत्पादन हुने तर आयातित चिनीका कारण नेपालको चिनी गोदाममै थन्कीएको भन्दै व्यवसायीले चिनी आयातमा रोक लगाउन आग्रा गरेपछि गर्त बर्ष देखि चिनी आयात रोकिएको थियो । तर अहिले नेपाली चिनी मिल सँग रहेको मौज्दात सकिए पछि व्यवसायीहरुले आयात गर्न थालेका हुन । साल्ट ट्रेडिङ्ग सँगै व्यापारी सँग चिनीको मौज्दात सकिएर चाडपर्वमा चिनीको हाहाकार हुने भन्दै सरकाले साल्ट ट्रेडिङ्गलाई २० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको छ । चाडपर्वमा चिनीको बढी खपत हुने भएकोले अहिले चिनीको आयात ह्वात्तै बढेको हो ।
चालु आर्थिक वर्षको २ महिनामा भारतबाट करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । जुन २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको हो । जसबाट एक अर्ब ३१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । २ महिनाको आयातमा पेट्रोल, डिजल र सवारीपछि सबैभन्दा धेरै राजस्व चिनीबाट संकलन भएको छ ।
हाल व्यवसायीले ४० प्रतिशत भन्सार तिरेर चिनी आयात गरिरहेका छन् । तुलनात्मकरूपमा सस्तो दरमा ल्याएकाले अब चिनीको मूल्य खुद्रा बिक्रीमा पनि केही सस्तो हुन व्यवसायीहरुले बताएका छन् ।
भन्सारको तथ्यांकले चिनी छोटो समयमा ठूलो परिमाणमा आयात भएको र त्यसबाट सरकारले राजस्व असुली पनि राम्रै गरेको देखिँदा पनि बजारमा सस्तो भने भएको छैन । मौज्दात घट्दा पर्याप्त नपाइने भन्दै आफूखुसी भाउ बढाएका व्यवसायीले बिक्री मुल्य नघटाउँदा बजार मूल्य सस्तिन नपाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *