ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनसुन लम्बियो -भारी बर्षाका कारण विभिन्न ठाँउमा राजमार्ग अवरोध

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन लम्वबिने जनाएको छ । अन्य बर्ष सेप्टेम्वर २३ सम्म रहने भएपनि यो बर्ष मनसुन सक्रिय छ ।
फाइल फुटेज

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन लम्वबिने जनाएको छ ।  अन्य बर्ष सेप्टेम्वर २३ सम्म रहने भएपनि यो बर्ष मनसुन सक्रिय छ ।

हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित भएका छन्  । बर्षाकै कारण  नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

तेस्तै पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *