सुरुभयो प्लाज्मा दान अभियान

कोरोना भाइरसको कुनै पनि उपचार पद्दतिको विकास नभएको समयमा प्लाज्मा दान कोरोनाबाट बचाउने विकल्प बनेको छ । कोरोना संक्रमण निको भएका व्यक्तिबाट निकालीने प्लाज्माबाट अन्य संक्रमितको प्रतिरक्षाको विकास गर्न सकिने भएका कारण प्लज्मा दान गर्ने गरिन्छ ।
नेपालमा कोरोना संक्रमितलाई समाजले हेयको दृष्टिले हेर्ने भएका कारण मानिसहरु कोरोना खुल्न चाहदैन जस्का कारण नेपालमा प्लाज्मा दान गर्नेको सङ्ख्या ज्यादै न्यून भएको भन्दै कोरोना जितेका युवाहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन् ।
बुधबार काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड १९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन् । उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा)रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका हुन् ।
कार्यक्रममा त्रि।वि।शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड १९ संक्रमणबाट मृत्युसँग लडिरहेका विरामीको जीवन बचाउन प्लाज्मा थेरापीले मद्दत गर्ने भएकाले प्लाज्मा दान अभियान शुरु गरिएको जानकारी दिए एक व्यक्तिबाट ४ जनासम्मला२ २ प्लाज्मा दिन मिल्ने भएपछि प्लाज्मा संकलनका लागि अस्पतालमा प्लाज्मा बैंकको स्थापना गरिएको छ ।
कार्यक्रममा कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिहरुले संक्रमितहरुको अत्मबल बलियो भए सजिलै भाइरसलाई जित्न सकिने बताए । उनीहरुले संक्रमणबाट गम्भिर अवस्थामा पुगेका विरामीको उपचारका लागि प्लाज्मा थेरापी महत्वपूर्ण हुने भएकाले आफुहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेको बताए । ‘मिल्नेले दान गरौं नमिल्नेले उत्प्रेरित गरौं सबै लागौं सँगसँगै लागौं’ भन्दै अभियान शुरु गरिएको उनीहरुले बताए ।
पछिल्लो समय प्लाज्मा थेरापीबाट कोभिड १९ संक्रमितको उपचार देशका धेरै अस्पतालले गरिरहेका छन् । सरकारले पनि परीक्षणको रुपमा विरामीको स्वीकृति लिएर उपचार गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैले संक्रमण निको भएका व्यक्तिहरु पनि प्लाज्मा दिएर संक्रमणसँग लडिरहेका विरामीहरुको जीवन रक्षा गर्ने अभियानमा जुटेका हुन् । यो अभियानलाई देशैभर सञ्चालन गर्नेपनि उनीहरुले बताए ।