ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बार्यन म्यूनिखका रोबर्टो लेवान्डोस्की, म्यानुयल नुयर र म्यानचेस्टर सिटीका केभिन डिब्रुयना युइएफए वर्ष खेलाडीका लागि छनौट

बार्यन म्यूनिखका खेलाडीद्वय रोबर्टो लेवान्डोस्की र गोलकिपर म्यानुयल नुयरसँगै म्यानचेस्टर सिटीका केभिन डिब्रुयना बुधबार युइएफए वर्ष खेलाडीको लागि छनोट भएको युरोपियन फुटबलको प्रशासकिय निकाय युईएफएले घोषणा गरेको छ ।

बार्यन म्यूनिखका खेलाडीद्वय रोबर्टो लेवान्डोस्की र गोलकिपर म्यानुयल नुयरसँगै म्यानचेस्टर सिटीका केभिन डिब्रुयना बुधबार युइएफए वर्ष खेलाडीको लागि छनोट भएको युरोपियन फुटबलको प्रशासकिय निकाय युईएफएले घोषणा गरेको छ ।

छनोट भएका खेलाडी मध्येबाट अक्टोबर १ मा नाम सार्वजनिक गरिनेछ ।सोही दिन युइएफएले महिला वर्ष खेलाडीको नाम पनि सार्वजनिक गर्ने जनाएको छ । तर अक्टोबर १ मा तय भएको  च्याम्पियन्स लिगको तालिका सार्वजनिक गर्ने कार्यक्रम स्थगित गर्नेछ । उक्त कार्यक्रम स्ट्जिरल्यान्डको नियोनमा हुँदै छ ।

च्याम्प्यिन्स लिगको उपाधि दिलाएका लेवान्डोस्की र म्यानुयल छनोटमा परेका हुन् । बार्यनले फाइनलमा पेरिस सेन्ट जर्मन ९पिएसजी०लाई १–० ले पराजित गर्दै उपाधि उचालेको थियो । छनोटमा परेको लेवान्डोस्कीले च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मनक कपका गरी कुल ४७ खेलमा ५५ गोल गरेका थिए । लेवान्डोस्की सम्पन्न च्याम्पियन्स लिगका सर्वाधिक गोल कर्ता पनि हुन् । उनले १५ गोल पूरा गरेका छन् । म्यानुयल नुयर भने च्याम्पियन्स लिगको उपाधि जित्दाका गोलकिपर हुन् । यस्तै डिब्रुयना इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीका भरपर्दा खेलाडी हुन् । छनोटमा परेका लियोनल मेसी भने शीर्ष भित्र अटाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *