ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रसंघमा उठ्यो जम्बु-काश्मीर मुद्दा

संयुक्त राष्ट्रसघंमा टर्किले जम्बु – काश्मिरको मुद्दा उठाएपछि टर्किले आन्तरिक मामिलामा दखल दिएको भन्दै भारतले आपत्ती जनाएको छ ।

संयुक्त राष्ट्रसघंमा टर्किले जम्बु – काश्मिरको  मुद्दा उठाएपछि टर्किले आन्तरिक मामिलामा दखल दिएको भन्दै भारतले आपत्ती जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेपले भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको बताएएका थिए  । दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्नेमा टर्किले जोड दिएको छ ।

तर टर्किका राष्ट्रप्रमुखको यो टिप्पणीलाई भारतले आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो । भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ । टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मान गर्न सिक्नुपर्छ ।’

त्यसो त पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएका थिए ।भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *