ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन दिन अधिकाँश स्थानमा भारी वर्षाको सम्भानवा: हवाई तथा यातायातमा समेत अवरोध हुन सक्ने
पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ

१ /२ स्थानहरुमा अति भारी वर्षाको संभावना भएकोले नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने

आगामी तिन दिन देशभर हल्का मध्यम देखी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्य देखि पूर्ण बदली र धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने विभागले बताएको छ ।  केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहितको सम्भावना रहेको छ । सबै प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको  संभावना रहेको छ । अहिले प्रदेश २ बाहेक अन्य प्रदेशहरूका थोरै स्थानमा हल्का वर्षा र बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भएको छ । ३ दिनसम्म देशभर मनसुनी वर्षा जारी रहने हुँदा देशको थोरै  स्थानहरुमा भारि तथा १ /२ स्थानहरुमा अति भारी  वर्षाको  संभावना भएकोले नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने मौसम विज्ञान विभागले सचेत रहन आग्रह गरेको छ । साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने हुँदा यसतर्फ सचेत हुन विभागले आग्रह गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *