ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चेन्नईलाई हराउदै राजस्थानको पहिलो दुई अंक

चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपिएल)मा विजयी सुरुवात गरेको छ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिगको मंगलबार राती भएको खेलमा चेन्नईलाई १६ रनले हराउदै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

चेन्नई सुपर किङ्सलाई पराजित गर्दै  राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपिएल)मा विजयी सुरुवात गरेको छ । १३ औं संस्करणको इन्डियन प्रिमियर लिगको मंगलबार राती भएको खेलमा चेन्नईलाई १६ रनले हराउदै राजस्थान रोयल्सले विजयी सुरुवात गरेको हो ।


सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउँदै  जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन । यस्तै शेन वाटसनले ३३, केदार जादबले २२ मुराली विजय २१ साम करनले १७ रन जोड्दा कप्तान ।महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।उता राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे । चेन्नईका लागि साम करनले ३ विकेट  दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए ।  योसँगै राजस्थानले पहिलो दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *