ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असोज २८ मा क्यानको साधारण सभा भर्चुअल विधिबाट

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ ।

चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ ।

भदौ १५ भित्र साधारण सभा भने पनि कोरोना भाईरसको महामारीकोका कारण स्थगित भएको साधारण सभा भर्चुअल विधिबाट असोज २८ मा गर्ने निर्णयमा बोर्ड पुगेको हो ।

 सोही बोर्ड बृठकले  महिला र पुरुष खेलाडीको वार्षिक जीवन बिमा गर्ने निर्णय गरेको छ । जसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन दुर्गाराज पाठक र छुम्बी लामा सदस्य रहने गरी ३ सदस्सीय समिति बनाईएको छ  ।

तेस्तै कोरोना महामारीका कारण लामो समयदेखि स्थगित रहेको खेलाडीको क्लोज क्याम्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमतिको लागि पहल गर्ने र मंसिर भित्र महिला र पुरुषको प्रधानमन्त्री कप क्रिकेट गर्नका लागि राखेपसँग समन्वय गर्ने निर्णय निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *