ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

छ महिनाबाट ठप्प रहेको शैक्षिक कृयाकलाप गर्न शिक्षा मन्त्रालयले जारी गर्यो ‘शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ ’

कोरोना संक्रमणका कारण छ महिनादेखि स्थगित शैक्षिक कृयाकलाप सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ ।
सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

कोरोना संक्रमणका कारण छ महिनादेखि स्थगित शैक्षिक कृयाकलाप सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ ।

विद्यार्थीसँग प्रत्यक्ष जोडिर पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था कम्जोर बन्दै गएका वेला होम स्कुलिङ, विद्यार्थी—शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गर्ने गरी कार्यायोजना सार्वजनीक गरेको हो । मंगलबार_ भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणी पोखरेलले कार्ययोजना सार्वजनिक गर्दै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताएका छन् ।

 शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास ,नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको मन्त्री पोखरेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *