ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१० दिन भित्र नेकपा एकताको ठोस प्रस्ताव ल्याउने अध्यक्ष र महासचिवको जिम्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउन दुई अध्यक्ष र महासचिवलाई जिम्मा लगाएको छ ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउन दुई अध्यक्ष र महासचिवलाई जिम्मा लगाएको छ ।

बालुबाटारमा बसेको नेकपा सचिवालय बैठकले १० दिन भित्र पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउन दुई अध्यक्ष र महासचिवलाई जिम्मा लगाएको हो । पार्टि एकिकरण भएको लामो समय वितिसक्दा पनि तल्लो तहसम्म एकिकरण हुन नसकेको भन्दै कार्यकर्ता तहमा चरम असन्तुस्टी रहदैँ आएको थियो । यो निर्णयसँगै नेकपाको पार्टि एकिकरण टुङ्गिने विश्वास नेता कार्यकर्ताले लिएका छन् ।

त्यस्तै बैठकले संवैधानिक निकायको नियुक्तिका बारेमा तत्काल निर्णय गर्न आग्रह गरेको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदको बैठकलाई सुचारु गर्न र पदपूर्ति सम्बन्धी निर्णय लिन सबैलाई अनुरोध गरेको नेकपाका प्रवक्ता नारायणकाजी  श्रेष्ठले जानकारी दिए ।

मंगलबारको सचिवालयले मन्त्री फेरबदलको विषयमा ठोस निर्णय लिने बताइएको थियो। तर प्रवक्ता श्रेष्ठले भने बैठकमा क्याबिनेटको विषयमा छलफल नभएको प्रष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *