ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक पटक बजार निस्कने हो भने लाग्छ नेपालमा कोरोना नै छैन !

पछिल्लो समय काठमाडौ उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । दैनिक ७-८ सयको हाराहारीमा कोरोना संक्रमण बढिरहेको बेला सार्वजनीक यातायात, बजार पसल खुल्ला हुदाँ मानिसको भिड पनि बढ्न थालेको छ ।

पछिल्लो समय काठमाडौ उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । दैनिक ७-८ सयको हाराहारीमा कोरोना संक्रमण बढिरहेको बेला सार्वजनीक यातायात, बजार पसल खुल्ला हुदाँ मानिसको भिड पनि बढ्न थालेको   छ ।

कोरोना संक्रमित र मृतक संख्या थपिइरहेकै बेला जनजीवन सामान्यतर्फ उन्मुख गराइँदा बढेको जोखिम न्युनिकरणका लागि उच्च सतर्कताको खाँचो छ । संक्रमणबाट आफू बच्न र अरुलाई बचाउनका लागि निर्धारित जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न सरकारले पटक पटक आग्रह गरिरहेको छ ।

कोरोना संक्रमण सतर्कतास्वरुप लागू गत चैत ११ देखि १ सय २० दिन देशव्यापी लकडाउन र भदौ ३ देखिको क्षेत्रगत निषेधाज्ञाले अर्थतन्त्र र जनजीवन नै चपेटामा परेपछि असोज १ देखि अधिकाँश क्षेत्र खुला भएका छन् । यसै त संक्रमित संख्या दैनिक १५ सय हाराहारीमा पुगेका बेला अधिकाँश क्षेत्र खुला हुँदा थप सतर्कता अपनाउनुपर्ने आवस्यकता देखिन्छ ।

  • मास्क अनिवार्य लगाउने
  • भौतिक दुरी कायम राख्ने
  • बेलाबेलामा हात राम्रोसँग धुने तथा सेनिटाइजर प्रयोग गर्ने
  • अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कने, भीडभाडमा नजाने
  • आफू बाहेक सबैमा संक्रमण छ भन्ने मानसिक सोच बनाएर त्यही अनुसार व्यवहार गर्ने
  • कोरोनाविरुद्ध खोप र उपचारपद्धति विकास भैनसकेकाले सकेसम्म संक्रमण हुनै नदिने भन्दै सचेत रहन आग्रह गरेको छ ।

तर स्वास्थ्य मन्त्रालयको अनुरोध जनताले पालना गरेको देखिदैन । सार्वजीनक यातायातमा न सेनिटाइजर छ न  माक्स नै प्रयोग गरेको देखिन्छ । त्यस्तै बजार पसलमा न त भौतिक दुरी देखिन्छ  न स्वास्थ्य सम्वन्धि प्रोटोकल नै अपनाएको पाइन्छ । यस्तो अवस्थामा संक्रमण अझ भयावह हुने चिन्ता जनाउदै सवैलाई सचेत रहन स्वास्थ्य कर्मिले आग्रह गरेका छन् ।  जनस्वास्थ्यविद गेहेन्द्र महरा  भन्छन् ‘संक्रमण देशब्यापी रुपमा बढिरहदा सरकारले परिक्षणको दायरा समेत खुम्चाउदै गएको छ भने नागरिकहरुको हेलचक्राइ पनि बढदो छ । मास्क लगाउने भौतिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड समेत अनेक वाहानामा पुरा नगर्दा संक्रमण थप भयावह हुने संकेत देखिएको छ । तेसैले सवैले सचेत नहुने हो भने कोरोनाले भयावह रुप नलेला भन्न सकिन्न’

एका तिर कोरोना संक्रमण दर बढ्दो तर परिक्षणको दायरा साघुरिरहेको बेला जनता आफै सचेत नहुन हो भने कोरोनाको सिकार जो कोही बन्न सक्छ त्यसैले सचेत बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *