ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ सय कोरोना संक्रमित थपिदा ७ सय भन्दा धेरै उपत्यकामा

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएर नेपालमा कूल कोरोना संक्रमित संख्या ६६ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएर नेपालमा कूल कोरोना संक्रमित संख्या ६६ हजार ६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १ सय ५४ नमूना परीक्षण गर्दा १  हजार ३ सय ५६ जनामा संक्रमित पुष्टि भएको हो । यो मध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी ७ सय ११ जना संक्रमित थपिएका छन् ।

त्यस्तै आज कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय २९ पुगेको छ । यो कुल संक्रमितको तुलनामा शून्य दशमलव ६३ प्रतिशतको मृत्युदर भएको मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टामा विभिन्न अस्पतालमा उपचारतमध्ये थप ८  हजार २३ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४८ हजार ६१ पुगेको छ । यो कूल संक्रमित संख्याको तुलनामा ७२  प्रतिशत रहेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभर क्वारेन्टिनमा ७ हजार १ सय ७१ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ९ सय  ४९ जना रहेका छन् । विभिन्न अस्पतालमा आईसियुमा २ सय २३ जना तथा भेन्टिलेटरमा ३७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *