ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ताज महलमा सामुहिक तस्विर खिच्न रोक
दैनिक ५ हजार पर्यटकमात्र जान पाउने

दैनिक ७० हजार पर्यटक आउने भारतको प्रसिद्ध ताज महल ६ महिनापछि पर्यटकहरुका लागि खुला गरिएको छ ।

दैनिक ७० हजार पर्यटक आउने भारतको प्रसिद्ध ताज महल ६ महिनापछि पर्यटकहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण मार्चदेखि बन्द थियो । ताज महल पहिलोपटक यति लामो समय बन्द भएको हो ।

पर्यटकका लागि ताजमहल खुल्ला गरिएपनि सरकारले पर्यटकका लागि विभिन्न नियमहरु बनाएको छ । जसमा दैनिक जम्मा ५ हजारलाई मात्र टिकट दिइने छ भने घुम्न गएका पर्यटककले सामुहिक तस्विर खिच्न पाउने छैनन्

अनुसार ताज महल घुम्न जाने पर्यटकको सुरुमा तापमान मापन गरेरमात्र भित्र पठाइन्छ भने पर्यटकले भौतिक दूरी अनिवार्य कायम गर्नु पर्ने छ ।

१७ औं शताब्दीमा मुगल सम्राट शाह जहाँले आफ्नी रानी मुमताज महलको सम्झनामा निर्माण गरेको ताजमहल  सन् १९७८ र १९७१ मा पनि केही समयका लागि बन्द भएको थियो । तर यति लामो समय बन्द भएको भने यो पहिलो पटक हो । (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *