ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनाव चिन्ह ‘हलो’,बैशाखमा महाधिवेशन
आज दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव चिन्ह ‘हलो’ र महाधिवेशन बैशाखमा गर्ने सैदान्तिक सहमति जुटाएको छ ।
स्रोत: डा. प्रकाशचन्द्र लोहनीको फेसबुकबाट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  चुनाव चिन्ह ‘हलो’ र महाधिवेशन बैशाखमा गर्ने सैदान्तिक सहमति जुटाएको छ ।

छ महिना अघि राप्रपा र राप्रपा संयुक्तको एकिकरण पछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  बनेको थियो । साविकका राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै छलफल गरी उक्त सहमति जुटेको हो । थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिए पनि अन्तत हलोमा सहमति भएको जनाइएको छ ।

तेस्तै पार्टिक एकिकरण पछिको पहिलो महाधिवेशन आगामी बैशाखमा गर्ने सहमति जुटेको छ ।  कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् ।

२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *