ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रोनाल्डोको सम्मानमा सीपले राख्यो आफ्नो एकेडेमिको नाम ‘एकेडेमीया क्रिस्टियानो रोनाल्डो’

पोर्चुगलको क्लब स्पोर्टिङ सीपीले आफ्नो फुटबल एकेडेमीको नाम 'एकेडेमीया क्रिस्टियानो रोनाल्डो' राखेको छ । सिपीको पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको भन्दै उस्को सम्मानमा एकेडेमीको 'एकेडेमीया क्रिस्टियानो रोनाल्डो' नामकरण गरेको हो

पोर्चुगलको क्लब स्पोर्टिङ सीपीले आफ्नो फुटबल एकेडेमीको नाम ‘एकेडेमीया क्रिस्टियानो रोनाल्डो’ राखेको छ । सिपीको पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको भन्दै उस्को सम्मानमा एकेडेमीको ‘एकेडेमीया क्रिस्टियानो रोनाल्डो’ नामकरण गरेको हो ।

इटालियन क्लब युभेन्ट्सबाट खेलिरहेका रोनाल्डो पोर्चुगलका कप्तान समेत हुन् उनले सीपीबाटै आफ्नो व्यावसायिक करियरको सुरुवात गरेका थिए । २००२ मा सीपीको सिनियर टिममा डेब्यु गरेका रोनाल्डो सीपीको बी टिमबाट समेत खेलेका थिए ।

सीपीका लागि उनले ३१ खेलमा ५ गोल गरेका थिए । तर, सीपीको सिनियर टिममा डेब्यु गरेको अर्को वर्ष रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आएका थिए ।युनाइटेड आएपछि भने रोनाल्डो विश्वकै उत्कृष्ट फरवार्डको रुपमा चिनिए ।

प्रिमियर लिग क्लबमा ६ वर्ष बसेर रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रोनाल्डो रियलमा ९ वर्ष बिताएर २०१८ मा युभेन्ट्स आएका हुन् ।

(एजेन्सीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *