डेब्यु खेलाडी पडीक्कल चम्किदाँ आईपीएलमा बैंगलोरको विजयी सुरुवात

सनराइजर्स हैदराबादलाई पराजित गर्दैं रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) विजयी सुरुवात गरेको छ ।
युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले आईपिएलमा सुखद सुरुवात गरेको हो ।
बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त रहेन ।
। यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गार्गले १२ रन जोड्दा कप्तान डेभिड वार्नर ६ रनमा आउट भए ।
उता हैदराबादका युजभेन्द्र चाहलले ३ विकेट शिवम डुबे र नाभदिप सैनीले २/२ विकेट लिदाँ डेल स्टेनको नाममा एक विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।
बैंगलोरका लागि पडीक्कलले डेव्यु खेलमा नै ५६ र डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए । हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १/१ विकेट लिए ।
जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।