ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आन्तरीक उडान खुलेको पहिलो दिन नै उडानमा ८५ प्रतिशत यात्रु
यतीले ल्यायो आर्कषक भ्रमण प्याकेज

कोभिडका कारण चैत्र ११ देखि बन्द भएको अन्तरिक उडान अन्ततः एक सय ८० दिन पछि खुलेको छ । सम्पूर्ण सुरक्षा सावधानी अपनाएर सुरु गरिएको उडानमा पहिलो दिन नै ८० देखि ८५ प्रतिशत यात्रु रहेका छन् ।

कोभिडका कारण चैत्र ११ देखि बन्द भएको अन्तरिक उडान अन्ततः एक सय ८० दिन पछि खुलेको छ । सम्पूर्ण सुरक्षा सावधानी अपनाएर सुरु गरिएको उडानमा पहिलो दिन नै ८० देखि ८५ प्रतिशत यात्रु रहेका छन्

कोभिड–१९ का कारण चैत देखि बन्द भएको अन्तरिक उडान असोज ५ गते बाट खुलेको हो । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनि मध्ये ८ वटाले आजबाट सेवा सुरु गरेका छन् । पटक -पटक मिति तय भएरपनि स्थिगित हुँदै आएको आन्तरीक उडान अन्ततः ६ महिना पछि खुलेको पहिलो दिन नै ८५ प्रतिशत सम्म यात्रु रहेको एअरलाईन्सले जाएका छन् । विश्व स्वस्थ्य संगठन, नागरिउक उड्डयन प्रधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनको कार्यलको निदेशिका अनुरुप उडान भईरहेको एयरलाईन्सले जनाएका छन् । एअरलाईन्स सबै भन्दा सुरक्षित भएकोले ढुक्क भएर यात्र गर्न सकिने कम्पनीहरुले जनाएका छन् । सेवा ग्राहिको आर्थिक अवस्था कम्जोर भएको बेला सेवाको भावले भाडा वृद्धि नगरेको कारण यात्रुहरुको संख्या पनि बढदै जाने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि आज बाट सेवा संचालन सुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुद देवेन्द्र केसीले बताएका छन् । जसको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई  घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ । विमानस्थल सेवा संचालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ ।

आन्तरीक उडान खुले सँगै यती यअरलाईनसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ ।होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको हो । पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटनका लागि सँगसँगैभन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाइएको छ । अब एअरलाइन्स उड्नमात्र होइन, घुम्नपनिभन्ने सन्देश दिने उद्देश्यले कुनैपनि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि गरिएको छ । भ्रमण प्याकेज खरीदकर्ता यात्रुले हरेकसाता लक्की ड्रमार्फत आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।  आजैदेखि यती एअरलाइन्स मोबाइल एप्ससमेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *