त्रिभुवन विश्वविद्यालय नेकपाको भर्तीकेन्द्र बनेको नेविसंघको आरोप

त्रिभुवन विश्वविद्यालय प्राविधिक र शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्तीकेन्द्र भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ ।
सोमबार नेपाल विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान उपकुलपति आएपश्चात शैक्षिक थलो भन्दा राजनीतिक अखडामा परिणत भएको आरोप नेबिसंघले लगाएको हो।
सत्ताको चरम दुरुपयोग गर्दै आफु इत्तरका समर्थक विद्यार्थी र प्राध्यापकलाई झुठा मुद्दा लगाउँदै दुःख दिएको नेविसंघ आरोप छ ।
विश्वविद्यालयको बेथिति र अराजकता अन्त्यकालागि संघले आवाज उठाउँदा मागहरु सम्बोधन नगर्ने र उनीहरुलाई नै धरपकड गर्ने गरेकोभन्दै संघले आपत्ति जनाएको हो।
शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने अन्यथा नेबिसङ ले सरकार र उपकुलपतिको गुण्डागर्दीविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत नेविसंघले दिएको छ।