किर्तिमानी हिमाल आरोही आङरिता शेर्पा (हिमचितुवा)को निधन

१० पटकसम्म बिना अक्सिजन सगरमाथाको सफल आरोहणगरेका किर्तिमानी आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ।
बिसं २००५मा सोलुखुम्बुको थमोमा जन्मिनुभएका आङरिता शेर्पाको २०७७ असोज ५ गते मृत्यु भएको हो । १९८३ देखि सगरमाथा आरोहण सुरुगरेका आङरिता ‘हिमचितुवा’को नामबाट समेत परिचित थिए ।
१५ वर्षको उमेरदेखि भरियाकारुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरुगरि १० पटकअक्सिजन विनै सगरमाथा आरोहणगरि दुई पटक गिनिजबुक अफवल्र्डरेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।
किर्तिमानि शेर्पालाई तत्कालीन राजावीरेन्द्रर सरकारले स्वास्थ्य खराबहुने भन्दै पर्वतारोहणमा नजान दिएसँगै उनले आरोहणको दिएपछि विश्राम लिएका थिए ।
पर्वतारोही आङरिताको योगदान विश्वभर नेपाल चिनाउन अतुलनीयरहँदै आएको छ। शेर्पा सानो उमेरमा भने चौरीचराउने, सामानहरु तिब्बत लगेर विक्री गर्ने तथा खेतिपातीको हेरचाह गर्न समेत रुचि राख्थे।