लोडसेडिङ नभएको ऊर्जा मन्त्रालयको स्पष्टोक्ति

उपत्यकाका विभिन्न स्थानमा विद्युत प्रसारण कटौती भएको गुनासो बढिरहेका बेला ऊर्जा मन्त्रालयले त्यसलाई लोडसेडिङ नभएको प्रस्ट पारेको छ ।
उपत्यकाका केही स्थानमा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि दिनको १ बजेसम्म विद्युत प्रसारण बन्द भएको थियो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अवकास भएको केही दिनमा नै विद्युत कटौती हुन थालेपछि स्थानीयले लोडसेडिङ भएको आशंका गरेका थिए ।
तर ऊर्जा मन्त्रालयले भने प्राबिधिक कठिनाइका कारण विभिन्न सातवटा ट्रान्सफर्मर बाट विद्युत आपूर्ति बन्द भएको र त्यसैका कारण आपूर्ति बन्द भएको जानकारी दिएको छ । ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले पूर्व जानकारी विना नै विद्युत अवरुद्ध भए मन्त्रलाई मा सम्पर्क गर्न सामाजिक सञ्जालमार्फत आग्रह समेत गरेका छन् ।
जसका लागि ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सक्ने मन्त्रालयको भनाई छ ।