नेकपा सचिवालय बैठक पेरिसडाँडाबाट बालुवाटार सर्यो

आइतबार पेरिसडाँडामा सुरुभएको नेकपा सचिवालयको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
नेताहरूको कार्यव्यस्तता देखाउँदै स्थगित भएको सत्तारुढ दल नेकपाको बैठक मंगलबार दिउँसो १२:४५ बजे बस्ने कार्यतालीका तय भएको छ ।
सोमबार नेकपाका केन्द्रीय सदस्य तथा पूर्णकालिन सदस्यलाई नियमित आर्थिक सहयोग गर्ने प्रस्तावमाथि छलफल हुने कार्यतालिका रहेको थियो ।
दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकिकरण पश्चात पहिलोपटक तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारिएको छ ।
आइतबार पेरिसडाँडामा भएको छलफलमा सरकार परिवर्तनका विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए आर्थिक सहयोगको विषयको छलफल मंगलवार बालुवाटारमा बस्ने सचिवालय बैठकमा हुनेछ ।