ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बहिनी बचाउन खोज्दा दिदी र आमाको ज्यान गयो

मोरङको ग्रामथान गाउँपालिका–४ बनसखण्डीमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
फाइल फोटो

मोरङको  ग्रामथान गाउँपालिका–४ बनसखण्डीमा  माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ  ।

माछा पाल्ने पोखरीमा डुबेर  जिल्लाको ग्रामथान ४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो । १३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि ढुवेर मृत्यु भएको हो ।

माछालाई चारो हाल्न गएकी सितासंग दुई छोरीहरुपनि संगै गएको र आमाले चारो हाल्दै गर्दा कान्छी छोरी कृतिका  पौडी खेल्न पोखरी छिरेका थिइन् । बहिनिलाई पोखरीमा गएको देखेर उनलाई बचाउन जादाँ दिदि पबित्रा र दुवै छोरी पोखरिमा डुवेको देखेर बचाउन जादाँ आमा सिताको पनि डुवेको अनुमान गरिएको छ ।

चारो हाल्न गएका उनीहरु नफर्के पछि साँझ खोजी गर्दा ३ नै जनाको सव पोखरीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *