ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पञ्जावलाई हराउदैं सन्दीप आवद्ध दिल्लीको आइपिएलमा बिजयी सुरुवात

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आइपिएलमा पञ्जावलाई हराएको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आइपिएलमा पञ्जावलाई हराएको छ ।

आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिगमा (आइपिएल)को आइतबार राति भएको खेलमा पञ्जावलाई सुपर ओभरमा पराजीत गर्दै आइपिएलमा बिजय सुरुवात गरेको हो।

सुपर ओभरमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबा‍डाले लिए । तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्‍यो । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेटको क्ष्यतिमा  १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले ८९ रन, केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।

दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *