ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ सय नयाँ संक्रमित थपिदा उपत्यकामा मात्र सात ७ सय ६७

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।  उपत्यकाका ३ जिल्लामा मध्ये सवै भन्दा धेरै काठमाडौंमा ६ सय २, भक्तपुरमा १ सय १ र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ मार्फत प्रा डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा २४ घण्टामा १ हजार ३ सय २५ जना थपिएसँगै कुल संक्रमितको सङ्ख्या  ६४ हजार १ सय २२ पुगेको छ ।

हालसम्म  १७ हजार ४ सय ७८ सकृय संक्रमित हुदाँ  ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।  तेस्तै कोरोनाबाट हालसम्म  ४ सय ११ जनाको मृत्यु भएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *