ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘क्लिन फिड’ प्रति प्रधानमन्त्रीको चासो
कात्तिक ८ मा लागु होला त ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्माओली क्लिन फिडलागु गर्न चासो बढाएका छन् । मन्त्रालय समालेको केही समयमा नै ओलीको सकृयता पछि सञ्चार मन्त्रालयले सरवकारवालासँगको छलफल बढाएको छ ।

मन्त्रालयले प्राविधिक र अन्य तयारीका विषयमा छलफललाई तिव्र बनाउको हो । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयारी गरिरहेको छ । छलफलमा सहभागी सरोकारवालाले क्लिनफिड पूर्ण रुपमा लागू गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द हुनु पर्ने बिषय प्रमुखताका साथ उठाएका छन्

क्लिन फिडसम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो । सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ । क्लिन फिड लागु भए विदेशी च्याननले विज्ञापन रहित सामग्री दिनु पर्ने हुन्छ तर अहिले  नेपालमा नि शुल्क विज्ञापन प्रशारण हुदैँ आएका छन् । यदि क्लिन फिड लागु हुने हो भने नेपालमा विज्ञापन बढ्ने र रोजगारको अवसर समेत बढ्ने अनुमान गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *