आइसोलेसनको सम्पुर्ण जिम्मा स्थानीय तहमा
सरकारले आइसोलेसनको जिम्मा स्थानीय तहलाई तोकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफमार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्व गौतमले आइसोलेशनको जिम्मा स्थानीय तहलाई दिएको जानकारी दिए ।
सेयर गर्नुहोस

अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ र लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नु पर्ने प्रवक्ता गौतमको भनाई छ । तेस्तै संस्थागत आइसोलेसनमा बस्नेहरुलाई अनीवार्य १४ मा डिस्चार्ज गर्नु पर्ने जनाइएको छ ।