रगत अभाव हुन नदिन काँग्रेस खेलकुद विभागको रक्तदान कार्यक्रम
कोरोना संक्रमणका कारण रगतको अभाव हुन थालेपछि नेपाली काँग्रेसको खेलकुद विभागले रक्तदान कार्यक्रम संचालन गरेको छ ।

कोरोना संक्रमणका कारण रगतको अभाव हुन थालेपछि नेपाली काँग्रेसको खेलकुद विभागले रक्तदान कार्यक्रम संचालन गरेको छ ।
ब्लड डोनर्स एसोसियसन नेपालसंगको सहकार्यमा कांग्रेसको खेलकुद विभागले रक्तदान कार्यक्रम आयोजना गरेको हो । महामारीको समयमा संक्रमणबाट जोगिनका लागी भन्दै लकडाउन गरेपछि रक्तदाताको अभाव हुन थालेको छ ।
सोही कमी पुरा गर्ने र रगत अभावका कारण व्यक्तिले ज्यानै नै गुमाउन थालेपछि कार्यक्रम आयोजना गरिएको काँग्रेस खेलकुद विभागका प्रखुम मोहनबहादुर बस्नेतले जानकारी दिए ।
रगतको अभाव हुन नदिन विभाले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।