ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संविधान दिवस : कतै हर्ष र कतै असनतुष्टि कायम

केही समय पहिला भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपाली नक्सा निर्माण र त्यसलाई निशान छापमा समावेश गराउने विषयमा संविधान संशोधन हुदाँ मधेस केन्द्रित दलले समग्र विषय एक मुष्ट मिलाएर संशोधनको प्रस्ताव गरेपनि सफल हुन सकेन

आज असोज ३ अर्थात संविधान दिवस । २०७२ साल असोज ३ गते नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको दिनको संझनामा विभिन्न कार्य्रम गरी मनाइदै छ ।

पहिलो संविधानसभाबाट संविधान निर्माण गर्न  नसकेपनि २०७३सालमा आजकै दिन दोस्रो संविधानसभाले तयार गरेको संविधान प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान २०७२ हस्ताक्षर गरी अनुमोदन गरेका थिए । गणतान्त्रीक नेपालको प्रथम संविधान २०७२, ३५ भाग ३०८ वटा धारा र ९ अनुसूची सहितको संविधान जारी भएको थियो । नेपालमा हालसम्म ६ वटा संविधान लागु भएका छन् । तर जनताले चुनेको संविधानसभाबाट बनेको संविधान भने यो पहिलो हो ।

जनताका प्रतिनिधि नै सहभागि भएर निर्माण गरिएपनि संविधानप्रति सवैले अपनत्व भने गर्न सकेका छैनन् । संविधान निर्माण देखि नै संविधान संशोधनमार्फत आफ्ना मुद्दाको सुनुवाइ हुनु पर्ने माग मधेस केन्द्रित दलले गरिरहेका छन् । संघीयताको मर्म र भावनाअनुरूप पहिचानसहितको संघीयताका लागि मार्गप्रशस्त गर्ने, विशेष संरचना निर्माणका लागि संघीय आयोग बनाउने, प्रदेशको क्षेत्राधिकार, अवशिष्ट अधिकार, समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, वैवाहिक नागरिकता, गोर्खा सेनाको नागरिकताको निरन्तरता, संघीय न्यायपालिका, संवैधानिक अदालत, भ्रष्टाचार नियन्त्रणका लागि लोकपालको व्यवस्था गर्नु पर्ने भन्दै पटक पटक संविधान संशोधनको प्रस्ताव गर्दै आएका छन् ।  सरकारले आवस्यकता र औचीत्यका आधारमा संविधान संशोधन गर्ने जनाएपनि मुद्धाबाट पन्छिदै आएको आरोप उनीहरुको छ ।

केही समय पहिला भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक  र कालापानी सहितको नेपाली नक्सा निर्माण र त्यसलाई निशान छापमा समावेश गराउने विषयमा संविधान संशोधन हुदाँ मधेस केन्द्रित दलले समग्र विषय एक मुष्ट मिलाएर संशोधनको प्रस्ताव गरेपनि सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *