ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कात्तिक १ गतेसम्म मलमास- विवाहदेखि गर्भाधानसम्म गर्न नहुने

एक चन्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्ने भएका कारण यो बर्षको दशै र तिहार एक महिना पछि सरेको छ ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

अधिकमास अर्थात पूरुषोतममास शुक्रबारबाट सुरु भएको  छ । कात्तिक १ गतेसम्म झण्डै १ महिना अवधिको मलमास हुन्छ । एक चन्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्ने भएका कारण यो बर्षको दशै र तिहार एक महिना पछि सरेको छ ।

असोज २ गते शुक्रबारदेखि सुरुभएको अधिकमास कार्तिक १ सम्म चल्ने छ  । हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एकवर्षमा३६५दिन, १५घडी, ३१पोलार३०विपला हुन्छ जबकि चन्द्रमास अनुसार ३५४ दिन, २२घडी, १ पलार २३ विपलाको एक वर्ष हुन्छ। हरेक वर्ष सूर्य तथाचन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवंम ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्धमास मानेर  गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।

शुभ कर्म गर्न नमिल्ने गरि सुरुभएको पुरुषोत्तम ३६५ दिनलाई एक वर्ष मान्दा वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुबैलाई समन्वय गर्न ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिकाले जानकारी दिएको छ ।

एउटा औँसीदेखि अर्को औँसीसम्म सक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । महिनामा दुईवटा सक्रान्तति पर्यो भने क्षयमास\मलमास अर्थात् अधिकमासमा नित्य कर्मपूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँव्रतको शुरु गर्न नमिल्ने पञ्चाङ्ग निर्णायक समितिको भनाई छ । अर्थात यो समयमा माङ्गलिककार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता कार्य र गर्भाधान गर्नुहुँदैन तर पहिले नै गर्भरहेको तेस्तोलाई दोष लाग्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *