ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनकपुरमा रेलको भव्य स्वागत

नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेललाई शुक्रबार जनकपुर भव्य स्वागत गरिएको छ । नेपालको राष्ट्रिय झण्डा रंगले रंगिएको रेल शुक्रवार जनकपुर ल्याइपुर्याइएको थियो । उक्त रेल हेर्न हजारौ स्थानिय रेललिगसम्म पुगेका थिए ।
सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares
रेल हेर्न पुगेका स्थानिय

नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेललाई शुक्रबार जनकपुर भव्य स्वागत गरिएको छ । नेपालको राष्ट्रिय झण्डा रंगले रंगिएको रेल शुक्रवार जनकपुर ल्याइपुर्याइएको थियो । उक्त रेल हेर्न हजारौ स्थानिय रेललिगसम्म पुगेका थिए । ८६ करोडमा भारतीय कम्पनीमार्फत खरिदगरी गरिएको रेललालाई जनकपुरमा  भव्य स्वागतको तयारी भइरहेको छ ।

शुक्रबार रेल जनकपुर आएपनि औपचारिकरुपमा भने दशैँपछिमात्र रेल सञ्चालन हुने छ । कोरोना संक्रमणका कारण सिमा बन्द भएकाले केही समय रेल नचल्ने भएपछि रेलका अधिकाम्स डिब्बा ब्लाष्टिकले छोपिएको छ । यो भन्दा पहिला उक्त रेललाई भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटरको रेलमार्गका सवै भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल जनकपुर आउनलागेसंगै रेल्वे विभागले १ सय २९ कर्मचारी माग गरेको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल संचालन  गर्ने योजनामा रहेको रेल्वे विभागले  रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *