काठमाडौं- मन्थली बिद्युतीय बसमा सरर

नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने बस लामो दुरीमा चल्न सुरु भएको छ । भव लक्ष्मी यातायात सेवा प्रालिले पहिलो पटक बिद्युतबाट चल्ने मिनीबसलाई काठमाडौंबाट रामेछापको मन्थलीसम्म सञ्चालन गरेको छ । पहिलो चरणमा दुईवटा बसर सञ्चालन गरेको प्रालिले नेपालमा नै उत्पादन भएको विद्युतको खपत हुने र नेपालमा आयात हुने इन्धनमा कमि ल्याउन सकिने विश्वास लिएको छ ।
करिव एक करोड मूल्य पर्ने उक्त मिनिबसको आज काठमाडौंबाट रामेछापकाम लागि छुटेको हो । बिद्युतीय मिनिवसको उद्धाटन नेकपाका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । उद्घाटनमा पुगेका नेता नेपालले सरकारले बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नु पर्नेमा उल्टै कर बढाएर गल्ति गरेको टिप्पणी गरे । यस अघि सरकारले विद्युतिय सवारी साधनको करमा बृदी गरेको थियो ।