ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकैदिन दुई हजार बढी थपिए कोरोना संक्रमित,काठमाडौंमा मात्र ८ सय ५९ संक्रमित थप
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुग्यो

पालमा कोरोना संक्रमण भयावह बन्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । निषेधाज्ञा खुकुलो गरेसँगै नेपालमा पछिल्लो २४ घण्टमा अहिले सम्मकै धेरै २हजार २० नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । निषेधाज्ञा खुकुलो गरेसँगै नेपालमा पछिल्लो २४ घण्टमा अहिले सम्मकै धेरै २हजार २० नयाँ संक्रमित थपिएका छन् । तेस्तै उपत्यकामा समेत ८ सय ५९ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकै दिन २ हजार बढी संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेश व्रिफमार्फत मन्त्रालयका प्रवक्ता प्रा. डा.  जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा काठमाडौंका ६सय९८, भक्तपुरका ८२ र ललितपुरका ७९ गरेर ८५९ जनामा कोरोना पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण नीको भएर डिस्चार्ज हुदाँ डिस्चार्ज हुनेको कुल सङ्ख्या ४३ हजार ८ सय २० पुगेको छ भने संकृय संक्रमितको सङ्ख्या १७ हजार ३सय ८३ रहेको छ । 

कोरोनाका कारण २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *