ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अदालतको फैसला- मेस्कीकै नाममा ट्रेडमार्क

युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्टार फुटबल खेलाडी मेस्सीलाई आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने गरी फैसला गरेको छ ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्टार फुटबल खेलाडी मेस्सीलाई आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने गरी फैसला गरेको छ ।

विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले यो फैसलासंगै आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । करिव ९ बर्ष पछि साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल खारेज गरेको हो ।

सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएको दावी गरेको थियो । अदालतले जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्ने भएको कारण खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्नेर फैसला गरेको बताएको छ ।

१० नम्बरको जर्सी लगाउने ३३ वर्षीय मेसी कीर्तिमानी ६ पटक विश्वकको उत्कृष्ट खेलाडी चयन भएका छन् । फोर्ब्सका अनुसार मेसी सबैभन्दा धेर कमाइ गर्ने फुटबलर हुन् । उनको २०२० को कमाइ १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *