जनकपुरमा रेलको भव्य स्वागतको तयारी
मध्यान्नमा रेल जनकपुर आइपुग्ने

नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल (आज) शुक्रबार जनकपुर आइपुग्दै छ । नेपालको राष्ट्रिय झण्डा रंगले रंगिएको रेल हिजो साँझ जयनगर आइपुगेको थियो । ८६ करोडमा भारतीय कम्पनीमार्फत खरिदगरी गरिएको रेललालाई जनकपुरमा भव्य स्वागतको तयारी भइरहेको छ ।
शुक्रबार रेल जनकपुर आएपनि औपचारिकरुपमा भने दशैँपछिमात्र रेल सञ्चालन हुने छ । कोरोना संक्रमणका कारण सिमा बन्द भएकाले केही समय रेल नचल्ने भएपछि रेलका अधिकाम्स डिब्बा ब्लाष्टिकले छोपिएको छ । यो भन्दा पहिला उक्त रेललाई भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटरको रेलमार्गका सवै भौतिक पूर्वाधार निर्माण भइसकेको छ । रेल जनकपुर आउनलागेसंगै रेल्वे विभागले १ सय २९ कर्मचारी माग गरेको छ । कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल संचालन गर्ने योजनामा रहेको रेल्वे विभागले रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याउने जनाएको छ ।