ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमित र र संक्रमण मुक्त हुने संख्या बराबरी

नेपालमा गत चौबीस घण्टामा कोरोना संक्रमित र र संक्रमण मुक्त हुने संख्या हाराहारी देखिएको छ ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालमा गत चौबीस घण्टामा कोरोना संक्रमित र  र संक्रमण मुक्त हुने संख्या हाराहारी देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जनामा कोरोना संङ्क्रमण पुष्टि हुदाँ १ हजार २ सय ४३ जना स्वास्थ्य लाभ लिएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयको नीयमित प्रेस ब्रिफीङ मार्फत मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६ सय ४१ नमूना परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको थियो भने सोही हाराहार निको भएको हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ जना पुगेको छ । यो कुल संक्रमित संख्याको ७२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । गत चौविस घण्टामा नेपालमा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।

तेस्तै मनोचिकित्सक डा रचना शर्मा बस्नेत चिकित्सकहरुले कोरोनाका कारण सर्वाधिक जोखिममा वृद्ध वृद्धा रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । यस्तो अवस्थामा बुढा बुढीहरुमा चिन्ता र उदासिनता बढ्ने आत्महत्या सम्म गर्न सक्ने भन्दै मनोचिकित्सकले सन्तान वा हेरचाह गर्नेले ख्याल राख्नुपर्ने बताएका हुन ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *