ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुख्यमन्त्री शेरधन राईलाई लागेको यौन दुर्व्यवहारको फिर्ता

मुख्यमन्त्री राईलाई दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छोडेको भन्दै आरोप लगाएकी थिइन् । खड्काले अंशक दावी गरेको मुद्दा फिर्ता लिन बुधबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई लागेको यौन दुर्व्यवहार गरेको आरोप फिर्ता भएको छ ।

मुख्यमन्त्री राईलाई दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छोडेको भन्दै आरोप लगाएकी थिइन् । खड्काले अंशक दावी गरेको मुद्दा  फिर्ता लिन बुधबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । भने न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

अरुको उक्साहटमा मुख्यमन्त्रीमाथी मुद्दा दर्ता गराएकी खड्काले करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *